एक र दुई रुपैयाँको नोट छाप्न अनुमति



काठमाडौं । सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त नोटमा नेपालको नक्सा राख्नुपर्ने बताए । सरकारले चैत्र ११ गतेदेखि नै भदौ ३१ गतेसम्म अन्तराष्ट्रिय सीमा बन्द गरेको थियो । कोरोना भाइरस (कोभिड १९) को जोखिम कायमै रहेकाले असोज ३० गतेसम्म सिमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

तर समस्यामा परेका नेपालीलाई निश्चित बिन्दुबाट प्रवेश गर्न सरकारले विशेष आदेश जारी गरेको छ । भारतसँग सीमा जोडिएका १० प्रमुख नाकाबाट प्रवेश दिइरहेकोमा थप दुई नाकाबाट नेपालीहरु आउन पाउने भएका छन् । इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाट नाकाबाट नेपाली आउन पाउने निर्णय गरिएको मन्त्री ज्ञवालीले बताए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV