होम आइसोलेसनमा सात हजार ६४० संक्रमित



काठमाडौं । नेपालमा थप एक हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ ।

देशका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ४५९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । सोमबार एक हजार १७० जनामा कोरोना पुष्टि भएकोमा मङ्गलबार यो सङ्ख्या ह्वात्तै बढेको हो ।

हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ५६ हजार ७८८ र सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७७९ रहेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी दिए ।

योसहित नेपालमा डिस्चार्ज हुनेको कुल सङ्ख्या ४० हजार ६३८ पुगेको छ । देशभरका क्वारेन्टाइनमा छ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा सात हजार ६४० जना रहेको बताए । त्यसैगरी संस्थागत आइसोलेसनमा आठ हजार १३९ जना रहेका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उपत्यकामा यो सङ्ख्या सोमबार ५१२ थियो । मङ्गलबार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ९२४ पुगेको छ । काठमाडौंमा १० हजार ५८३, ललितपुरमा एक हजार २२६ र भक्तपुरमा एक हजार ११५ सङ्क्रमित पुगेका छन् ।

कोरोना भाइरस सङ्क्रमणले थप ११ को मृत्यु भएको छ । ती मध्ये चार महिला र सात पुरुष छन् । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७१ पुगेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV