युवा फुटबलर राजेश भारतीय क्लबमा अनुबन्धित



काठमाडौं । नेपाली अण्डर २३ टोलीका फरवार्ड खेलाडी राजेश परियार भारतीय क्लबमा अनुबन्ध भएका छन ।

नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् ।

भारतको बी डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो ।

राजेशले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका थिए।

राजेशले प्रतियोगिताका लागि बिहीबार भारत प्रस्थान गर्ने बताएका छन् ।

एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट ए डिभिजन लिग खेलेका थिए ।

गत महिना नेपालका युवा स्ट्राइकर अभिषेक रिजाललाई बी डिभिजनकै क्लब मोहम्मेदन स्पोर्टिङले अनुबन्ध गरेको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV