चार्टर्ड उडानबाट ६३ हजार ३ सय ४७ नेपाली स्वदेश फर्किए



काठमाडौं । हालसम्म वैदेशिक रोजगारीमा अलपत्र परेका ६३ हजार ३ सय ४७ नेपाली स्वदेश फर्किएका छन् ।

विदेशमा अलपत्रमध्ये हालसम्म ६३ हजार ३ सय ४७ नेपाली नागरिक स्वदेश फर्किएको गैरआवासीय नेपाली संघले जनाएको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने नीति तय गरेपछि सिसिएमसीको अगुवाइमा चार्टर्ड उडानमार्फत उद्धार जारी रहेको छ ।

गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कूटनीतिक नियोगलगायतसँगको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो । यो साता भारतसहित ३० वटा मुलुकबाट उद्धार उडान भएको थियो । सरकारले विदेशमा अति समस्यामा परेका कामदारलाई सरकारी कोषबाट फिर्ता ल्याउने निर्देशिका समेत तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार २ हजार ५ जनाले निःशुल्क फिर्ताको निवेदन दिएका छन् ।

सरकारले दैनिक ४÷५ सयलाई मात्रै स्वदेश फर्काइरहेको छ । सुरुमा १ हजार ५ सयजनालाई स्वदेश फर्काउँदै आएको थियो। दैनिक ५ सय जनालाई मात्रै ल्याउने सरकारी नीतिले नेपाल फर्कन चाहेका कामदार आउन पाएका छैनन् ।

विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV