इरानलाई हजार गुणा शक्तिशाली हमलाबाट जवाफ दिने ट्रम्पको चेतावनी



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमण गरे हजार गुणा शक्तिशाली हमलाबाट जवाफ दिने चेतावनी दिएका छन ।

ईरानले अमेरिकामाथी आक्रमण गर्ने योजना बनाइरहेको भन्ने समाचारको जवाफमा राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन ।

विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा ईरानले जनवरीमा जनरल सुलेमानीको हत्याको बदला लिने योजना बनाइरहेको भन्ने समाचारहरु प्रकाशित भएका छन ।

समाचार अनुसार ईरानले दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदुतको हत्या गर्ने योजना बनाइरहेको उल्लेख छ ।

यही समाचारको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट मार्फत भनेका छन, “यदी ईरानले कसिम सुलेमानीको हत्याको बदला लिने भन्दै अमेरिका या कुनै पनि अमेरिकी नागरिकमाथी हमला गरे, हजार गुणा शक्तिशाली हमलाबाट जवाफ दिइनेछ ।”

इरानी जर्नेल कसिम सुलेमानीको हत्या भविष्यमा कुनै पनि अमेरिकी सेनामाथीको हमला वा हत्या प्रयास रोक्नका लागि गरिएको ट्रम्प प्रशासनलाई उद्धृत गर्दै द गार्जियनले उल्लेख गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV