जुम्ल्याहा शिशुमा जन्मपूर्व नै कोरोना संक्रमण, आमाबाट गर्भमै कोरोना सरेको पुष्टि



एजेन्सी । संसारमै पहिलो पटक जुम्ल्याहा शिशु कोरोना संक्रमण भएर जन्मिएका छन् । ३ जुलाइमा बेलायतमा जन्मिएका यी दुई बालिकालाई जन्मनुपूर्व एक दिनअघि मात्रै कोरोना संक्रमण भएको र आमाबाट गर्भमै कोरोना संक्रमण भएको पाइएको मिरर अनलाइनले जनाएको छ ।

जुम्ल्याहा बच्चा जन्माउने आमा कोरोना संक्रमित थिइन् । बच्चा जन्मिनुपूर्व नै दुवैमा कोरोना संक्रमण भएको रिपोर्ट चिकित्सकले बाबा आमालाई दिएका थिए । ३२ वर्षीया साराले सुत्केरीपूर्व नै आफ्ना पेटमा भएका जुम्ल्याहा सन्तानमा कोरोना संक्रमण भएको जानकारी पाएपछि निक्कै आत्तिएको बताइन् ।

जन्मदा नै कोरोना संक्रमण भएका दुई बालिकाले ६ हप्तापछि कोरोनालाई पूर्णरुपमा पराजित गरे । उनका बाबुले १४ दिनमा कोरोना जिते । आमाले पनि छिट्टै नै कोरोनालाई पराजित गरेकी थिइन् ।

जुम्ल्याहा बच्चा भएको थाहा पाएसँगै सारा निक्कै आत्तिएकी थिइन् । उनले लेजर सर्जरीका लागि धेरै टाढा राजधानी लण्डन आउनु परेको थियो । अहिले दुवै बालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV