कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ ।

महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV