महामारी र स्वास्थ्य : प्रतिकूल अवस्थामा यसरी बचौँ लामखुट्टेसँग



काठमाडौं । प्रत्येक व्यक्ति लामखुट्टेको आवाज र उनीहरूको टोकाइबाट व्याकुल हुन्छन् । मनसुनको मौसममा लामखुट्टेहरू फस्टाउँछन् र यसका कारण बिरामी हुने जोखिम पनि बढ्छ ।

तर, धेरै कम मानिसहरूलाई थाहा छ कि यी साधारण देखिने लामखुट्टेहरू घातक साबित हुन सक्छन् । प्रत्येक वर्ष लामखुट्टेले टोकेको कारण हुने मृत्युको संख्या बढ्दो क्रममा रहेको छ ।

साधारण देखिएपनि लामखुट्टे धेरै घातक हुन सक्छ । विश्वव्यापी रूपमा १७ प्रतिशत बिरामीको मृत्यु लामखुट्टेको टोकेपछि लाग्ने विभिन्न रोगका कारणले हुन्छ । अन्टार्कटिका बाहेक विश्वको सबै क्षेत्रमा लामखुट्टे पाइन्छन् । सम्पूर्ण विश्व लामखुट्टेले गर्दा हुने घातक रोगहरूसँग संघर्ष गरिरहेको छ ।

लामखुट्टेहरूले खतरनाक भाइरसमार्फत घातक रोगहरू फैलाउने काम गर्दछन् । विश्वका धेरै देशहरूमा डेंगू र मलेरिया जस्ता रोगका कारण वर्षेनी लाखौँ मानिस मर्दछन् । लामखुट्टेले फैलाएको घातक भाइरसहरूले तिनीहरूलाई झन् घातक बनाउँछ ।

लामखुट्टेको टोकाइबाट हुने अन्य घातक रोगहरू पहेँलो ज्वरो, जापानी इन्सेफलाइटिस र जिका भाइरस हो । हालसालै यो पनि दावी गरिएको छ कि, यी रोगहरूबाट संक्रमित आमाहरूका बच्चामा पनि पछि न्यूरोलोजिकल प्रभावहरू पर्न सक्छन् ।

लामखुट्टेबाट बच्न तपाईंको घरको वरपर जताततै पानी जम्मा हुन नदिनुहोस् । रूखहरूले बनाएको खाली ठाउँलाई माटोले भर्नुहोस् । हल्का रंगको पूर्णबाहुला भएको कपडा लगाउनुहोस् । घरका ढोकाहरू र झ्यालहरू बन्द राख्नुहोस् । लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्नुहोस् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV