कोरोनाले आयात बन्द हुँदा चप्पललाई राहत



वीरगञ्ज । बन्दाबन्दी र निषेधाज्ञाको करीब ६ महीनामा समग्र स्वदेशी फुटवेयर उद्योग थलिए पनि चप्पल उत्पादकलाई भने राहत मिलेको छ ।

चीनतर्फका नाकाबाट चप्पल आयात नभएपछि स्वदेशी उत्पादनले बजार पाएको हो । कोरोना महामारीका बेला चीनतिरका नाकाबाट सामान नआउनु र भारततर्फको खुला सिमाना बन्द भएपछि स्वदेशी बजारमा चप्पलको माग बढेको उद्योगीहरूले बताएका छन् । विगतमा चीनतर्फका रसुवा र तातोपानी नाकाबाट ठूलो परिमाणमा जुत्ताचप्पल भित्रिने गरेकोमा अहिले आयात अवरुद्ध छ ।

चीनबाट सस्तो मूल्यमा चप्पल भित्रिँदा स्थानीय उत्पादनले बजार नपाइरहेका बेला त्यताबाट आयात रोकिएपछि स्वदेशी हवाई चप्पलको माग बढेको प्रेस्टिज समूहका प्रबन्ध निर्देशक विनय शाहले बताए । ‘चीनबाट भित्रिने सस्तो चप्पलका कारण स्वदेशी उत्पादनलाई समस्या भएको थियो । अहिले आयात रोकिएकाले स्थानीय उत्पादनले बजार पाएको छ,’ शाहले आर्थिक अभियानसित भने ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाले हवाई र ईभीए चप्पलको माग बढेको शिखर शू इन्डष्ट्रिजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंको भनाइ छ । ‘गत चैतदेखि असारसम्म फुटवेयरको माग कत्ति पनि आएन । बन्दाबन्दी खुकुलो भएसँगै हवाई र ईभीए चप्पलले बजार लियो,’ प्रसाईंले भने । (आर्थिक अभियान)




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV