जनकपुरमा आइपुग्यो नेपाली रेल (भिडियो)



जनकपुर । लामो समयदेखि बन्द रहेको नेपालको रेल सेवा पुनः सञ्चालनका लागि किनिएको रेल जनकपुर आइपुगेको छ । नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि नेपाल सरकारले २ सेट रेल तथा ४ सेट इन्जिन किनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चुनावअघि रेल चलाउने बताएसँगै नेपालमा रेलको चर्चा फेरि सुरु भएको थियो । यसअघि चलेर पनि बन्द रहेको रेल सेवा सुरु हुनलाग्दा नेपाल आउने रेल कस्तो छ भनेर जनमानसमा कौतुहलता रहेको छ ।

जनकपुर आइपुगेको रेलको बाहिरी तथा बोगीहरुको डिजाइन आकर्षक ढंगले गरिएको छ । बोगीको भित्री डिजाइन आकर्षक रहेको छ । एक अर्ब लागतमा नेपाल आउँदै गरेको रेलको सेट भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको हो । जसको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडमार्फत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: