एमसिसी संसदको आउँदो अधिवेशनबाट अनुमोदन हुन्छ : प्रदीप ज्ञवाली



बुटवल । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदको आउँदो अधिवेशनबाट अनुमोदन हुने बताएका छन् ।

प्रेस संगठन नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले एमसिसी आवश्यक परेमा परिमार्जन गरेर भएपनि अनुमोदन हुने बताए । उनले भने, ‘एमसिसीका विषयमा उठेका केही प्रश्नको हल गरेरै भए पनि पारित हुन्छ । आवश्यक परे सच्याएर एमसिसी संसदको आउँदो अधिवेशनबाट अनुमोदन हुन्छ ।’

भारतसँगको कुटनीतिक संवाद र छलफलबाटै नेपाल भारत सीमा समस्याको समाधान गर्ने बताउँदै उनले भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: