कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या थपिएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २०२० जनासहित देशभर संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४३ हजार ८ सय २० जना निको भएर फर्किएका छन् भने ३ सय ९० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: