भारतको आपत्तिपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका क्षेत्र समेटिएको पुस्तक वितरण नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई पुस्तक वितरण नगर्न निर्देशन दिएका एक मन्त्रीले नागरिकखबरलाई जानकारी दिए ।

पाठ्यक्रम विकास केन्द्रले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाइ नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको थियो ।

सरकारले गरेको निर्णय, संसदले गरेको अनुमोदन र संविधानको अनुसूचीमासमेत समेटिएको कुरा प्रधानमन्त्री ओलीले रोक लगाएको प्रति विभिन्न सरोकारवाला निकायले आपत्ति जनाएका छन् ।  

भारतीय सञ्चारमाध्यमले नेपालले आफ्नो क्षेत्र समावेश गरेर पुस्तक तयार गरेपछि आपत्ति जनाएका थिए । भारत सरकारले पनि कुटनीतिक माध्यमबाट आपत्ति जनाएको स्रोतको दावी छ । भारतीय दबाबमा ओलीले यस्तो निर्णय गरेको हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।

हेर्नुस् प्रधानमन्त्रीले छपाइ र वितरणमा रोक लगाएको पुस्तक

 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: