बामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यकारुपमा काम नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईका इजलासले अर्को आदेश नभएसम्म राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न र मन्त्री समेत नबनाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतमा गौतमलाई सांसद र मन्त्री बनाउन नमिल्ने दावीसहित अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्म राष्ट्रिय सभा सदस्यको रुपमा काम गर्न र मन्त्री बनाउन पनि रोक लागेको रिट दायर गर्नेमध्येका एक भट्टले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा असोज १ गते राष्ट्रपतिबाट गौतम मनोनित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: