स्याङ्जा पहिरो अपडेट : एकैपरिवारका ७ जनासहित ८ शव निकालियो, दुईजना वेपत्ता



वालिङ । स्याङ्जामा पहिरोमा परेर एकै परिवारका ७ जनासहित ८ जनाको ज्यान गएको छ । वालिङ नगरपालिकामा एकैघरका ७ जनाको शव फेला परेको छ । अरु २ जना वेपत्ता भएका छन् । एक जनाको जिवितै उद्दार गरिएको छ ।

स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले वालिङमा ७ जनाको र कालिगण्डकीमा १ जनाको शव फेला परेको जानकारी दिए । कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान खसेको पहिरोले माया नेपालीको घरका ७ जनाको मृत्यु भएको छ । दुई जना वेपत्ता भएका र एक जनाको उद्दार गरिएको छ । माया नेपालीको घरमा १० जना थिए ।

ज्यान गुमाउनेमा उमाकला नेपाली, माया नेपाली, दिपक नेपाली, सानी नेपाली र विवश नेपालीको पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: