कोरोना परीक्षण र रिपोर्ट छिटो दिने व्यवस्था मिलाउन संसदीय उपसमितिको सुझाव (भिडियोसहित)



काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामको अनुगमन गरेको छ । समितले गठन गरेको उपसमितिले आज समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन बुझाएको छ ।

सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले कोरोना संक्रमण परीक्षण गरेपछि छिटो रिपोर्ट दिने व्यवस्था मिलाउने सुझावसहित कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सुझाव दिएको समितिले जनाएको छ ।

समिति सभापति घर्तीले समितिले स्वास्थ्य क्षेत्रका समस्याका विषयमा सुरुवाती चरणदेखि नै चासो लिएको जानकारी दिइन् । उनले समितिलाई प्राप्त सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: