राष्ट्रिय युवा संघ नेपाल रामेछापका नेता बुद्ध लामाको निधन



रामेछाप । रामेछापका राष्ट्रिय युवा संघ नेपालका नेता बुद्ध लामाको हृदयघातका कारण निधन भएको छ । तत्कालीन युवा संघ अध्यक्षका जिल्ला अध्यक्षसमेत रहेका लामाको हृदयघातका कारण निधन भएको नेकपा रामेछापले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले लामो निधनमा दुख व्यक्त गरेका छन् । लामाको आज आफ्नो गाउँ फुलासीमा निधन भएको थियो ।

बिहानको खाना खानका लागि हात धुने क्रममा नै उनी हृदयघात भएर बेहोस भएका थिए । फुलासीको शहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि धुलिखेल रेफर गरिएको र धुलिखेल लैजाने क्रममा लामाको निधन भएको नेकपा रामेछापका नेता रामबहादुर तामाङले जानकारी दिए ।

अस्पताल पुरयाउँदा नै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । निधनको कारण हृदयघात भएको अस्पतालले जानकारी दिएको छ । नेकपा रामेछापमा सक्रिय उनी पछिल्लो समय कृषि क्षेत्रमा पनि क्रियाशिल भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: