नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले ‘रक्सीको नशा’मा गरिन् अस्पतालमा हङ्गामा (भिडियोसहित)



काठमाडौं । पटक पटक विवादमा आएकी नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हंगामा गरेकी छन् ।

असोज ६ गते झण्डै २ घन्टासम्म बरालले राष्ट्रिय ट्रमा सेन्टरमा हंगामा गरेकी हुन् । स्वास्थ्यकर्मीलाई अभद्र व्यवहारसहित हङ्गामा गरेको भिडियो सार्वजनिक भएपनि यस विषयमा बरालले कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

बराल आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीको अभियानमा आवद्ध छन् । डा.गोविन्द केसीलाई काठमाडौं ल्याएपछि उनको समर्थनमा नाराबाजी गर्न ट्रमा सेन्टर पुगेकी थिइन् ।

रक्सी सेवन गरेर पुगेकी उनले इमरजेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फ्याकेर फुटाउने काम गरेकी छन् ।

ट्रमा सेन्टरका एक चिकित्सकका अनुसार बरालले इमेरजेन्सी कक्षमा गीत गाउने, नाच्ने, अश्लील शब्द प्रयोग गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गर्नेलगायतका अभद्र व्यवहार गरिन् । बरालले हंगामा गरेको खबरसँगै पुगेको प्रहरी टोलीलाई उनले बलात्कारी भनेर पटक पटक भनेकी थिइन् ।

बरालले रक्सी सेवन गरेर डा.केसीको पक्षमा आन्दोलन गर्न आएकाले समस्या भएको ज्ञानेन्द्र शाहीका एक सहयोगीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।

आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाही पुगेपछि उनी शान्त भएर उनीसँगै बाहिरिएकी थिइन् । उनको भिडियो बनाउनेलाई शाहीले धम्की दिएर भिडियो डिलिट गर्न लगाएका थिए । शाहीले सबैजनाको मोबाइल खोसेर भिडियो डिलिट गरेका एक कर्मचारीले बताएका छन् ।

बराल यसअघि पनि घुस काण्डमा परेकी थिइन् । शाहीको अभियानमा लागेकी उनका व्यवहार अस्वभाविक हुने गरेका छन् ।

यो पनि हेर्नुस्

ज्ञानेन्द्र शाही टीमको असली रुपः नर्सिङ लाइसेन्स निकालिदिने भन्दै रकम असुली

 
प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: