कृषकको ध्यान रसायनिक मलमा, प्राङ्गारिक मलले बजार पाएन



कास्की । करिब एक वर्षअघिदेखि सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रा.लि.ले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ ।

पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ ।

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर, स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन । बजार अभाव हुँदा नत उत्पादित मल बिक्रि भएको छ, न बायोग्यास नै बिक्रि गर्न सकिएको कम्पनीले जनाएको छ ।

उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ । कम्पनी विभिन्न क्षेत्रबाट पोहोर संकलन गरिरहेका भएपनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गिकरण गरी नछुट्याएका कारण फोहोर नलिने गरेको सञ्चालक कुशल गुरुङले बताए ।

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरी अग्र्यानिक मल उत्पादन गर्दै आइरहेको छ । दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरी दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ ।

कास्कीमा अहिले ३ वटा प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन् । गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पुर्ण प्राङ्गारिक गाउँ बनाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: