तीन दिनदेखि बेपत्ता पौडेलको शव फेला



चन्द्रौटा । तीन दिनदेखि बेपत्ता भएका कृष्ण पौडेलको शव शुक्रबार फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत् कार्यालय जितपुरको जीप बगाएको थियो ।

जीपमा सवार छमध्ये तीन जना पौडेर बाँच्न सफल भएका थिए भने दुई जनाको यसअघि शव फेला परेको थियो ।

बेपत्ता पौडेलको शव कपिलवस्तु नगरपालिका–६ सगरहवामा पानीमा तैरिरहेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

मृतक तीनमध्ये बुधबार नै एक जनाको शव भेटिए पनि दुई जना भने बेपत्ता थिए । बिहीबार थप एक जनाको शव भेटिएको थियो । पौडेल नेपाल विद्युत् प्राधिकरण फ्युज सेवा जीतपुरका प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: