ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना पुष्टि



काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । संक्रमितको घरघरमा पुगेका महर्जनलाई आज पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको महानगरपालिकाले जनाएको छ ।

महानगर प्रमुख महर्जनले हिजोसम्म कोरोना संक्रमितको घरघरमा पुगेर सामग्री वितरण गरेका थिए । जिउ दुख्ने, टाउको दुख्नेलगायतका समस्या भएपछि उनले स्वाब परीक्षण गराएका थिए । अहिले होम आइसोलेसनमा बसेको उनले नागरिकखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: