नेपालसहित ५९ देशका विद्यार्थीलाई २ वर्षभन्दा धेरैको भिसा नदिने अमेरिकाको प्रस्ताव



एजेन्सी । अमेरिकाले नेपालसहितका ५९ देशका विद्यार्थीलाई दुई वर्ष भन्दा धेरै समयको भिसा नदिने प्रस्ताव गरेको छ । त्यसका लागि कानुनको तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटीले विज्ञप्ति जारी गरेर भर्ना अवधिको संरचनालाई परिवर्तन गर्ने प्रस्ताव गरिएको प्रष्ट पारेको छ । एफ, जे र आइ भिसा भएका विद्यार्थीका लागि कानुन ल्याउने तयारी गरिएको थियो । अहिले अमेरिकामा विदेशी विद्यार्थीको पढाइ नसकिएमा भिसा दिने गरिएकोमा अब त्यसलाई संशोधन गर्ने तयारी गरिएको छ ।

अमेरिकाले प्रस्तावित कानुनले ठगी कम गर्ने र राष्ट्रिय सुरक्षा व्यवस्था राम्रो हुने दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल पनि निर्वाचित भए यो प्रस्ताव कानुन बनेर लागू हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: