अर्घाखाँचीको शीतगंगामा पहिरो : १७ घर बगायो, ३५ घरपरिवारको उद्दार



सन्धिखर्क । अर्घाखाँचीको शीतगंगामा पहिरोले १७ घर बगाएको छ । शीतगंगा नगरपालिका–१२ मा पहिरो जाँदा १७ घर बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जोख्ले गैरा भन्ने ठाउँका १७ घर पहिरोले घर बगाएपछि प्रहरी टोली उद्दारका लागि घटनास्थल पुगेको छ । क्षतिको विवरण आउन नसकेको जिप्रकाले जनाएको छ । अहिले पनि पहिरो गएकाले उद्दारमा पनि समस्या भएको छ ।

पहिरो गएपछि ३५ घरपरिवारलाई उद्दार गरेर सुरक्षित ठाउँमा राखिएको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: