र, यसकारण मैले प्रचण्डलाई छाडेँ (भिडियो) « Nagarik Khabar

र, यसकारण मैले प्रचण्डलाई छाडेँ (भिडियो)



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नुअघि तत्कालीन माओवादी समूहका नेता बालकृष्ण ढुङ्गेलले आफूले पुष्पकमल दाहाल प्रचण्डको साथ छाड्नुको कारण बताएका छन् ।

अहिले नेकपाको आन्तरिक संघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका नेता ढुङ्गेलले आफू तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारको पालामा जनयुद्धको मुद्दामा पक्राउ पर्दा प्रचण्डले एउटा विज्ञप्तिमात्रै पनि ननिकालेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रचण्डकै नेतृत्वमा भएका जनयुद्धका विविध घटनामा अरु नेता कार्यकर्तामाथि मुद्दा चल्दा, पक्राउ पर्दा र सजाय हुँदासमेत प्रचण्डले एउटा विज्ञप्तिसमेत निकाल्न नसकेको उनको आरोप छ ।

जनयुद्धका विविध मुद्दामा प्रचण्ड अलग बन्दै तत्कालीन माओवादीका तल्ला तहका नेता कार्यकर्ता मात्रै पक्राउ परेको उनले बताएका छन् । आफू पक्राउ परेर सजायको भागिदार बन्दापनि प्रचण्डले सहयोग नगरेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: