राष्ट्रिय सभामा बामदेवको पहिलो सम्बोधन : ‘संसद विघटनलाई असंवैधानिक हो भन्न मिल्दैन’ « Nagarik Khabar

राष्ट्रिय सभामा बामदेवको पहिलो सम्बोधन : ‘संसद विघटनलाई असंवैधानिक हो भन्न मिल्दैन’



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटन संवैधानिक भएको बताएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको रिट पुगिसकेपछि संसद विघटन संवैधानिक भएको गौतमले बताए ।

गत पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । उक्त कदमलाई गौतमले संवैधानिक भनेका हुन् ।

आफ्नै पार्टीको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याउने काम गलत भएको बताएका छन् । राष्ट्रिय सभामा पहिलो सम्बोधन गर्दै गौतमले कुनैपनि छलफलबिना आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु गलत भएको बताएका हुन् ।

नेकपामा राजनीतिक विभाजनपछि प्रधानमन्त्री ओली र प्रचण्डमाधव दुबै पक्षमा नलागेका नेता गौतमले आधिकारिकता विवाद रहेको अवस्थामा आफू तटस्थ रहने बताए । दुबै समूहका नेता अहिले आफैलाई लाज लाग्ने गरी आरोप प्रत्यारोपमा उत्रिएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: