भैरहवामा शम्भुजित बाँस्कोटा साँझ हुँदै « Nagarik Khabar

भैरहवामा शम्भुजित बाँस्कोटा साँझ हुँदै



सिद्धार्थनगर । जेसिआई सिद्धार्थ लेडीको आयोजनामा शुक्रबार भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायकगायिका तथा सङ्गीतकारको टोली भैरहवा आइपुगेको छ ।

गायक तथा सङ्गीतकार बाँस्कोटाले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा होटल पौवामा हुने कार्यक्रममा सबैलाई चुल्है निम्तो दिए । हाम्रो टिमको प्रस्तुतिमा हुने कार्यक्रममा बाँस्कोटासहित विश्व नेपाली, सञ्जय सुब्बा, रमेश पाठक, प्रार्थना शाक्य, निशा देसार, मञ्जु थापा र सविना श्रेष्ठको गायन तथा बिनु शाक्यको नृत्य रहने टिम लिडर नरेन्द्र खड्काले बताए ।

बाँस्कोटा नाइटको तयारी पूरा भएको आयोजक संस्था जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष तुलसा भुसालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: