हरियो ड्रेसअपमा मलाइकाको हट अवतार « Nagarik Khabar

हरियो ड्रेसअपमा मलाइकाको हट अवतार



मलाइका अरोरा गोवाको आफ्नो छुट्टी मनाएर फर्किसकेकी छन् । तर उनका कारण तातेको गोवाको माहोल भने अझै सेलाएको छैन । आफ्ना प्रेमी नायक अर्जुन कपुरसँग उनी बहिनी अमृता अरोरा र उनका पति शकील लदकको भिल्लामा उनी बसेकी थिइन् ।

उक्त स्थानका उनका विभिन्न तस्विरहरुले सामाजिक सञ्जाल पनि गर्माएको छ । अहिले चर्चामा आएको उनको तस्विर हरियो बिकीनीमा बेग्लै अवतारमा उनी अझ सुन्दर देखिएकी छन् ।

आफ्नो इन्स्टाग्राममा उक्त फोटो अपलोड गर्दै लेखेकी छन्,‘हरेक आइतवार यस्तै हुनुपर्छ । Easy-Peasy-Breezy’

फिल्ममा धेरै नदेखिए पनि मलाइका आफ्ना हट तस्विरले चर्चामा आउने गर्दछिन् । उनी आफ्नो फिटनेसका लागि पनि उत्तिकै सचेत छन् । उनले बेलाबेला आफ्ना योगासनका तस्विरहरु पनि सार्वजनिक गर्ने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: