राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन « Nagarik Khabar

राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिवसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारका सदस्यलाई उदृत गर्दै जानकारी दिएका हुन ।

शाहीको विभिन्न अंगमा समस्या देखिएको थियो । उनको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ ।

शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्यका एक हुन् ।

उनले ८० को दशकमा नेपाली टोलीबाट खेलेका थिए । पछि उनी नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरे ।

नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बने ।

उनले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: