तमुधिं युकेका पूर्वअध्यक्ष कमल गुरुङलाई मातृशोक « Nagarik Khabar

तमुधिं युकेका पूर्वअध्यक्ष कमल गुरुङलाई मातृशोक



लण्डन । तमुधिं यूकेका पूर्वअध्यक्ष एवं व्यवसायी कमल गुरूङलाई मातृशोक परेको छ । पूर्वअध्यक्ष गुरुङका आमा लालशोभा गुरूङको ९५ वर्षको उमेरमा आइतबार बिहान बेलायतको बेजिङस्टोकमा निधन भएको हो ।

मृतक लालशोभा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरूङकी सासुआमा हुन् ।

पारिवारिक स्रोतका अनुसार लालशोभा केही सातायता अस्वस्था थिइन् ।

स्व. लालशोभा गुरुङको पुरानो गाउँ कास्की भादौरे हो भने चितवन बसाइ सरेकी थिइन् । उनी केही दशकयता यूके बस्दै थालेकी थिइन् ।

लालशोभाको निधनमा नेपाल र बेलायतका विभिन्न संस्था, संगठन र व्यक्तिहरुले दुस्ख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै यस दुस्खद घडीमा शोक सन्तप्त परिवारजनप्रति विभिन्न माध्यमबाट समवेदना प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: