नागरिक अगुवाको सरकारविरुद्ध हुंकार- ‘छाला फर्काउन हिँडिरहेका छौँ’ (भिडियाे) « Nagarik Khabar

नागरिक अगुवाको सरकारविरुद्ध हुंकार- ‘छाला फर्काउन हिँडिरहेका छौँ’ (भिडियाे)



  • सञ्जय श्रेष्ठ

काठमाडौं । यति बेला देश आन्दोलनको अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएका छन् । दुई अध्यक्ष प्रणालीको व्यवस्था गरेर बनाएको नेकपा अहिले एउटा अध्यक्षले सरकारको नेतृत्व गरिरहेका छन्, भने अर्का अध्यक्ष सडकमा आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

यही आन्दोलनको समर्थन र सरकारको विरोध गर्न आयोजना गरिएको कार्यक्रममा नागरिक अगुवा, लेखक, गायक र कविहरुले पनि समर्थन गर्दै आफ्नो प्रस्तुति राखेका छन् । उनीहरुले यतिबेला सरकारविरुद्ध सडकबाट प्रतिरोध गर्न पर्ने बताएका छन् ।

कार्यक्रममा कवि, गायक, नागरिक अगुवा, लेखक सबैले आफ्नो धारणा राखेका छन् । उनीहरुले आफ्नो प्रस्तुतिमा सरकारविरुद्ध र सरकारले गरेको गलत कामको मात्र व्याख्या गरेका छन् । कार्यक्रममा कविहरुले कविता वाचन गरेका थिए । गायकले गीत गाए भने नागरिक अगुवाहरुले आफ्नो मतब्य राखे । सबैले अहिलेको परिस्थितिमा सरकारले चालेको कदमको प्रतिरोध गर्नुपर्ने बताएका छन् ।

कार्यक्रमा लेखक तथा विष्लेषक खगेन्द्र संग्रौलाले आफूले ओलीबाट केही आशा नगरेको बताए । उनले नीति कथामा स्यालले झर्ला र खाउला भनेर पछि लागेको जस्तो ओलीको पछि लाग्दा केही नपाइने बताए । उनले ओलीलाई यो अवस्थामा पुर्याउन सहयोग गर्नेहरुले पनि जनता समक्ष माफी माग्नु पर्ने बताएका छन् ।

त्यस्तै वरिष्ठ कवि भुपाल राईले आफ्नो कविता प्रस्तुत गर्दै छाला फर्कान हिँडेको बताएका छन् । उनले छला कविता वाचन गर्दै छाला फर्काउन लागेको बताए । उनको कविताको एउटा अंश
‘मेरो छाला कुनै तिलस्वी दरवारमा सुकाएर राखेको छ,
जाउँ फर्काएर ल्याउ र रजाइ गर ।’

त्यस्तै नागरिक अगुवा तथा लेखक युग पाठकले अहिले अवस्था आकस्मिक नभएको बताए । उनले यो प्रतिगमन १० वर्ष अगाडिदेखि सुरु भएको बताए । उनले यो विचारदेखि प्रतिगमन सुरु हुँदै अहिलेसम्म आइपुगेको बताए । यसलाई रोक्नको लागि सामान्य रुपमा मात्र तयारी गरेर नहुने पनि बताए । विचारको लडाइँ विचारबाट मात्र संभव हुने भएकाले ओलीकाविरुद्ध अब विचारको लाडाइँको पनि तयारी गर्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा अनेरास्ववियूको सह–संयोजक रञ्जित तामाङले विद्यार्थीहरु जहिले पनि सरकारको प्रतिपक्षका रुपमा रहने र सरकारले गल्ती गर्दा सधैँ खबरदारी गर्ने बताए । उनले ओलीको प्रतिगम नसच्चिदासम्म अनेरास्ववियूले सडक नछाड्ने पनि बताए ।

कार्यक्रममा वरिष्ठ कवि विप्लव प्रतिक,वरिष्ठ कवि बिमल निवा, वरिष्ठ कवि श्रवण मुकारुङलगायले आफ्नो प्रस्तुति राखेका थिए । उनीहरुले अहिले सरकारले चालेको कमद गलत भएको बताएका छन् ।

गायकहरुले विभिन्न जनवादी तथा क्रान्तिकारी गीतहरु गाएका थिए । उनीहरुले आफ्नो प्रस्तुतिमा पार्टी एक हुन पर्नेदेखि विद्रोह गर्न पर्नेसम्मको भावनाहरु समेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: