विश्लेषक खगेन्द्र संग्रौला भन्छन्, ‘अहिलेको परिस्थिति आउनुमा ओलीभन्दा अरुको बढी दोष’ [भिडियाे] « Nagarik Khabar

विश्लेषक खगेन्द्र संग्रौला भन्छन्, ‘अहिलेको परिस्थिति आउनुमा ओलीभन्दा अरुको बढी दोष’ [भिडियाे]



  • सञ्जय श्रेष्ठ

काठमाडौं । विष्लेषक खगेन्द्र संग्रौलाले अहिलेको परिस्थिति आउनुमा ओलीभन्दा अरुको बढी दोष भएको बताएका छन् । उनले जनसांस्कृति महासंघले गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।

आफूले ओलीसँग हिजो र अहिले पनि कुनै आश नगरेको उनले बताए । तर, ओलीलाई यो अवस्था पुर्याउनेहरुले त्यसको जवाफ दिनपर्ने उनले बताएका छन् । उनले ओली हिजोदेखि नै परिवर्तनको विपक्षमा रहेको संग्रौलाले बताए । आफूले यो आन्दोलनमा नआउने मनसाय बनाएको भएपनि ओलीको बयलगाडे अभिव्यक्तिले आफू सडकमा आउन बाध्य भएको बताए ।

ओलीले हिजोदेखि गणतन्त्र नमानेको, संघियता नमान्ने भन्दै अहिलेको बाघडोर सम्हाल्न पठाउनेहरु नै मुख्य दोषी भएको बताए । उनले ‘ओली गलत हुन्’ भनेर जान्दा जान्दै उनलाई प्रधानमन्त्रीको प्रस्तावक र सर्मथक भएर ओलीको पछि लाग्नु ‘झर्ला र खाउला’ भन्ने स्यालको कथा जस्तो मात्र भएको बताए ।

परिवर्तनको आन्दोलनमा आफ्नो पुस्ता बुढो भएकाले अब नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताए । ४६ सालको आन्दोलनमा आफू विद्यार्थी पुस्ता भएको र त्यो बेलाको निर्णायक आन्दोलन विद्यार्थीले गरेको स्मरण गर्दै भने अहिलेपनि विद्यार्थीले त्यसको आन्दोलन गर्नुपर्छ ।

ओलीले त्यति सजिलै सत्ता नछाड्ने र सत्ता टिकाउनको लागि उनले सबैखाले तयारी गरिसकेकाले आन्दोलन पनि त्यही अनुरुपले तयारी गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: