जीवन शर्माकाे गीतः पिलाे निचाेरी फ्याँक्दा वजन घटेकाे हुन्न « Nagarik Khabar

जीवन शर्माकाे गीतः पिलाे निचाेरी फ्याँक्दा वजन घटेकाे हुन्न



काठमाडाैं । चर्चित जनकलाकार जीवन शर्माले हालै समसामयिक गीत सार्वजनिक गरेका छन् । आइतवार सार्वजनिक भएकाे उक्त गीत साक्षी छ हाम्राे इतिहास शीर्षकमा सार्वजनिक भएकाे हाे ।

गीतमा ‘कायरहरू घटेर शक्ति घटेकाे हुन्न, पिलाे निचाेरी फ्याँक्दा वजन घटेकाे हुन्न’ भन्दै समसामिक विषयमा चर्चा गरिएकाे छ ।

उनले गीत मार्फत भनेका छन्, ‘माेर्चाहरूकाे हारले युद्धकाे हार हुन्न, सहिदहरू बढेर हिम्मत खसेकाे हुन्न, उज्याउ मुठ्ठीहरू, छेकेर छेकिदैन, ठाेकेर भन्न मिल्छ हार हुँदै हुँदैन ।’

याे समाचार तयार पार्दासम्म उनकाे याे गीत यू ट्युबमा १७ हजारभन्दा बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: