नवनिर्वाचित अमेरिकी राष्ट्रपतिको सपथमा वासिंटन डिसीमा संकटकाल घोषणा

वासिंटन डिसी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहणमा हिंशा भड्किनसक्ने जोखिमलाई मध्यनजर गरेर वासिंटन डिसीमा संकटकाल घोषणालाई डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरेका छन् ।
सपथग्रहणको दिनमा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर ट्रम्पले संकटकालको घोषणा स्वीकृत गरेका हुन् ।
ह्वाइट हाउसका तर्फबाट हिजो साँझ जारी गरिएको वक्तब्यमा वासिंटन डिसी क्षेत्रमा संकटकालिन अवस्था विद्यमान रहेको र संकटकालिन अवस्थाका कारण वासिंटन डिसीमा संघीय सहायता परिचालनको अनुमति दिइएको उल्लेख गरिएको छ । जनवरी ११ देखि २४ सम्म संकटकालको घोषणा गरिएको हो ।
वासिंटन डिसीकी मेयरले आइतबार राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर संकटकालको घोषणा स्वीकृत गर्न आग्रह गरेकी थिइन् । संकटकालको घोषणापछि अब बाइडेनको सपथग्रहण समारोहका लागि सुरक्षालाई ध्यानमा राखेर संघीय सरकारबाट अतिरिक्त सहायता प्राप्त हुनेछ ।
जनवरी २४ सम्मका लागि वासिंटन डिसीमा सेनाको सहायता पनि मागिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको सपथलाई निशाना बनाएर अमेरिकामा ५० राज्यमा सशस्त्र प्रदर्शनको तयारी भइरहेको एफबीआईएले जनाएको ससाचार आए लगत्तै संकटकालको घोषणा स्वीकृत गरिएको हो ।
वासिंटन डिसीमा रहेको क्यापिटल हिल र ५० वटै राज्यमा रहेका संसद भवनमा १६ जनवरीदेखि २० जनवरीसम्म प्रदर्शनको तयारी भइरहेको एफबीआईएको बुलेटिनमा उल्लेख गरिएको हो ।
सपथग्रहण समारोहका लागि सुरक्षा व्यवस्था कडा बनाइरहँदा यो खबर आएको हो । संघीय, राज्य र स्थानीय स्तरका सुरक्षा निकायहरुले जनवरी २० लाई लक्ष्यीत गरेर सुरक्षा व्यवस्था कडा बनाएका छन् । डोनाल्ड ट्रम्पलाई जनवरी २० भन्दा अगाडि नै २५ औं ससोधन लगाएर हटाइएको खण्डमा सशस्त्र प्रदर्शन अझ बढाउने तयारी भएको एफबीआईएको बुलेटिनमा उल्लेख छ ।