सत्य साईबाबाको भूमिकामा यी गायक, भाइरल भयो फर्स्ट लुक « Nagarik Khabar

सत्य साईबाबाको भूमिकामा यी गायक, भाइरल भयो फर्स्ट लुक



एजेन्सी । सत्य साईबाबाको भूमिकामा एकजना चर्चित गायक तयार भएका छन् । संसारभर प्रख्यात सत्य साईबाबा आफ्ना अनुयायीहरुका माझ भगवानका रुपमा पुजित छन् । उनै बाबाको भूमिकामा यी कलाकार तयार भएका हुन् ।

आफ्नो छुट्टै गायन शैलीबाट चर्चित अथवा अर्को शब्दमा भजनमा नयाँ प्रयोग गरी प्रख्यात गायक अनुप जलोटा सत्य साईबाबाको भूमिकामा आउन लागेका हुन् । बाबाको एक बायोपिकमा रोल निभाएको फर्स्ट लुक सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा अत्यधिक मनपराइएको उनको यो फर्स्ट लुकका साथ उनी आफैं यस फिल्मको प्रमोसनमा जुटेको बताइएको छ ।

समाचार एजेन्सीहरुसँग कुरा गर्दै उनले ५५ वर्ष पहिले १२ वर्षको उमेरमा सत्य साईबाबासँग आफ्नो भेट भएको स्मरण गरे । त्यसबेलादेखि उनी बाबाको नजिक भएर काम गरेको बताए ।

उनी बाबासँग भेट गर्न पनि धेरै पटक पुट्टापर्ती उनको आश्रम गएको पनि उनले बताए । उनले आफू यस रोलप्रति न्याय गर्न सक्षम रहेको बताए । उनले भने, “किनकी म उनलाई राम्रोसँग जान्दछु ।”

गयक जलोटाले आफूलाई बाबाले सानो बाबा भनेर सम्बोधन गर्ने गरेको बताउँदै बल्ल आएर यसको अर्थ महशुस भएको बताए । यो फिल्म २२ जनवरीमा हलहरुमा सार्वजनिक हुनेछ । यो फिल्म हिन्दी, मराठी, अंग्रेजी र तेलुगु भाषामा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: