संसदमा हिंसात्मक आक्रमण गर्न सुझाएको आफ्नो भाषण जायज भएको ट्रम्पको जिकिर « Nagarik Khabar

संसदमा हिंसात्मक आक्रमण गर्न सुझाएको आफ्नो भाषण जायज भएको ट्रम्पको जिकिर



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमण हुनुअघि आफूले गरेको सम्बोधन जायज भएको जिकिर गरेका छन । आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरी गरेको भाषण जायज र उपयुक्त भएको ट्रम्पले बताएका हुन् ।

ट्रम्पले भाषणका क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित आएका समर्थकहरुलाई संसद भवनमा घुस्न भनेका थिए । त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए ।

नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएका हुन । संसद भवनमा विद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले भने राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् ।

यसैबीच, तल्लो सदनमा महाभियोग प्रस्ताव पेशभएसँगै उनले वासिंगटनमा संकटकाल लागू गरेका छन् । तल्लो सदनमा महाभियोग प्रस्तावमाथि आज मतदान हुने बिबिसीले जनाएको

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: