नेपाली सेनाबाट हतियारसहित एकजना पक्राउ « Nagarik Khabar

नेपाली सेनाबाट हतियारसहित एकजना पक्राउ



काठमाडौं । नेपाली सेनाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एकजनालाई हतियारसहित पक्राउ गरेको छ ।

सोमबार नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पट्रोल टोलीले निकुञ्ज क्षेत्रबाट त्रिपुरासुन्दरी नगरपालिका ११ स्थित थर्मु निगालगिौराबाट ५३ वर्षीय लक्ष्मीचन्द्र शाही पक्राउ गरेको हो ।

अवैध रुपमा जीवजन्तु तस्करीमा संलग्न रहेको अभियोगमा उनलाई पक्राग गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अभियुक्तको साथबाट एक थान भरुवा बन्दुक, १९ थान गोली, एक थान छर्रा, बारुद डब्वा, शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रीहरु बरामद भएका छन् ।

अभियुक्त शाहीलाई आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको व्यहोरा निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: