निर्वाचन आयोगलाई पत्र लेख्दै ओलीले दिए आफू आधिकारिक भएको ८ प्रमाण (पत्रसहित) « Nagarik Khabar

निर्वाचन आयोगलाई पत्र लेख्दै ओलीले दिए आफू आधिकारिक भएको ८ प्रमाण (पत्रसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगले लेखेको पत्रको जवाफ फर्काएका छन् । बुधबार आयोगलाई पत्र लेख्दै ओलीले आफू आधिकारिक भएको पुष्टि गर्ने ८ वटा कागजातहरु पनि बुझाएका छन् ।

ओलीले पहिलो अध्यक्ष र पदाधिकारीको हैसियतमा आफूले पठाएको दस्तावेजहरु अभिलेखिकरण हुने र अन्य कोहीकसैले पठाएको सामग्री अभिलेखिकरण नगर्नसमेत आयोगलाई आग्रह गरेका छन् ।

ओली ११ पेजको पत्रमार्फत आयोगलाई पार्टी नफुटेको तथा पार्टीको पहिलो अध्यक्ष र पदाधिकारी आफूनै रहेको पनि स्पष्ट पारेका छन् । त्यसकारण पुष्पकमल दाहाल र माधव कुमार नेपालको पत्रको औचित्य नभएको ओलीको जिकीर छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: