फेवातालमा डुबेर वेपत्ता भएका एक जनाको शव फेला « Nagarik Khabar

फेवातालमा डुबेर वेपत्ता भएका एक जनाको शव फेला



कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका २२ लेकसाईड स्थित फेवा तालमा डुवेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

सोही ठाउँ बस्ने २४ वर्षिय सन्तोष परियार यही पौष २२ गते उक्त तालमा डुवेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट खोजी कार्यको लागि खटिएको एपीएफ टोलीले उनको शव पानीमा तैरिरहेको अवस्थामा फेला पारि पानीबाट बाहिर निकालेको हो ।

त्यसैगरी झापा जिल्लाको मेची नगर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट पौष २९ गते
करीव एक लाख २३ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ओरियन्स कम्पनीको विभिन किमिसका औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: