यस्तो देखियो माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा तरुल बजार (फोटोकथा) « Nagarik Khabar

यस्तो देखियो माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा तरुल बजार (फोटोकथा)



काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व बिहीबार देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

अहिले शहरको चोकचोक, फुटपाथ, ठेला, पसल, तरकारी बजार, जता ततै तरुल, सखरखण्ड, पिडालु, बनतरुल, सिमलतरुल आदि बेच्न राखेको प्रशस्त देख्न सकिन्छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ ।

तस्बिर : केशब गुरुङ

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: