रक्सी नखाइ पनि नशा, केक खाँदा रक्सीभन्दा धेरै नशा लाग्ने यी व्यक्ति « Nagarik Khabar

रक्सी नखाइ पनि नशा, केक खाँदा रक्सीभन्दा धेरै नशा लाग्ने यी व्यक्ति



एजेन्सी । अमेरिकाका एक व्यक्ति धेरै नै अनौठो स्थितिको सामाना गरिरहरका छन् । ६२ वर्षीय निक कार्सन नाम गरेका यी व्यक्तिलाई एक डिसअर्डर छ जो रक्सी नखाइ पनि नशामै रहन्छन् । उनलाई अटो ब्रुअरी सिन्ड्रोम रोग लागेको छ । उनी जब केक वा कार्बोहाइड्रेट्स युक्त खाना खान्छन् तब उनमा नशा चढ्न थाल्छ । यस्तो लाग्छ, उनीले धेरै रक्सी खाएका छन् ।

यसप्रकारको रोगका कारण निकको शरीरमा जाने कार्बोहाइड्रेट्सको स्रोत अल्कोहलमा बदलिन्छ । यसकारण रक्सी वा कुनै नशालु पदार्थको सेवन बिना नै उनको शरीरमा अल्कोहलको मात्रा बढ्न थाल्छ । आजभन्दा २० वर्ष पहिलेदेखि निकमा यस्तो समस्या आएको हो ।

निक आफ्ना हातमा एउटा ब्रेथ लाइजर बोक्न कहिल्यै छुटाउँदैनन् । उनमा कहिले नशा हुने हो थाहा हुन्न । केक मात्र होइन थोरै चिनी वा कार्बोहाइड्रेट्स खाए मात्र पनि उनमा नशा हुन्छ । यसै कारण उनी किटो डाइट लिने गर्दछन् ।

यस डाइटमा कार्बोहाइड्रेट्सको मात्रा धेरै कम र प्रोटिन वा फ्याट्सको मात्रा अधिक हुन्छ । हुनत निक यस्तो समस्या हुँदा पनि हिम्मत जुटाइरहेका छन् । उनले भनेका छन्, “म आफ्नो शरीरमा राम्रो ब्याक्टेरिया विकास गर्ने कोशिस गरिरहेको छु र पुर्ण रुपमा प्राकृतिक हुने कोशिस गरिरहेको छु ।”

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: