विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६० लाख ६ हजार नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६० लाख ६ हजार नाघेको छ । त्यस्तै २० लाख ४९ हजार २ सय बढीको मृत्यु भएको छ ।
वल्डोमिटरले जनाए अनुसार ६ करोड ८६ लाख २७ हजार ८ सय बढी संक्रमितहरु उपचारपछि निको भएका छन ।
विश्वमै कोरोनाका सबैभन्दा बढी प्रभाव रहेको अमेरिकामा २ करोड ४६ लाख २६ हजारु बढी संक्रमित भएका छन ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा हालसम्म ४ लाख ८ हजार ६२० जनाको मृत्यु भैसकेको छ ।
त्यस्तै हालसम्म एक करोड ४५ लाख ५१ हजार ६ सय बढी कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा एक करोड ५ लाख ८२ हजार ६ सय बढी संक्रमित भएका छन । १ लाख ५२ हजार ५ सय बढीको मृत्यु भएका छ ।
त्यस्तै १ करोड २ लाख २७ हजार ८ सय बढी कोरोनामुक्त भएका छन ।
त्यसैगरी ब्रिटेनमा ३४ लाख ३३ हजार ४ सय बढी संक्रमित भएका छन ।
८९ हजार ८ सय बढीको ज्यान गैसकेको छ । त्यस्तै १५ लाख ४६ हजार ५ सय बढी निको भएका छन ।
World-corona