विद्यार्थीहरु सवार बस दुर्घटना, पाँच जना घाइते « Nagarik Khabar

विद्यार्थीहरु सवार बस दुर्घटना, पाँच जना घाइते



मोरङ । मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । आज बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दुर्घटना भएको हो ।

विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दुर्घटना भएको थियो ।

घाइते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

घाइते विद्यार्थीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

बाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले बताएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खड्काले बताए । उनकाअनुसार दुर्घटनामा परेर घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: