‘यस्ता स्वास्थ्य समस्या हुनेले कोभ्याक्सिन खोप लगाउन हुँदैन’–भारत बायोटेक « Nagarik Khabar

‘यस्ता स्वास्थ्य समस्या हुनेले कोभ्याक्सिन खोप लगाउन हुँदैन’–भारत बायोटेक



एजेन्सी । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी भारत बायोटेकले आफुले उत्पादन गरेको खोप कोभ्याक्सिन विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुले लगाउन नहुने बताएको छ।

एलर्जीको समस्या भएका, रगत सम्बन्धी रोग भएका, ज्वरो आएका, रगत पातलो बनाउने औषधि सेवन गरिरहेका, इम्युनिटि बढाउने औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई कोभ्याक्सिन खोप लगाउन नहुने बायोटेकले बताएको छ।

यसकासाथै, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि कोभ्याक्सिन खोप लगाउन नहुने भन्दै भारत बायोटेकले सचेत बनाएको छ।

कोभ्याक्सिन गम्भीर एलर्जिक रियाक्सनको कारण बन्न सक्ने । जसले गर्दा सास फेर्न समस्या हुने, अनुहार, घाँटी सुन्निने, धडकन् बढ्ने, चक्कर र कमजोरी आउने र शरीरमा रातोरातो डाबर आउने जस्ता समस्या देखिन सक्ने भन्दै सचेत गराएको बायोटेकलाई उद्धृत गर्दै टाइम्स नाओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: