मोबाइल चोरेको आरोपमा श्रीमतीको हत्या : पशुपतिमा जलाउँदै गरेको शवसहित २ जना पक्राउ « Nagarik Khabar

मोबाइल चोरेको आरोपमा श्रीमतीको हत्या : पशुपतिमा जलाउँदै गरेको शवसहित २ जना पक्राउ



काठमाडौं । हत्या गरेर जलाउँदै गरेको शवसहित प्रहरीले १ महिला र १ पुरुषलाई पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर परिसरबाट महानगरीय प्रहरी वृत्त गौशालाले २ जनालाई पक्राउ गरेको हो ।

आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेर शव जलाउँदै गरेका बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोटकी २४ वर्षीया अनु थापा पक्राउ परेका हुन् ।

चारदिन अघि थापाले मोबाइल चोरेको आरोपमा रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीलाई कुटपिट गरेकी थिइन् । सोही कुटपिटबाट बवितादेवीको शनिबार मृत्यु भएपछि उनीहरुले शवलाई आइतबार जलाउन सुरु गरेका थिए ।

बविताको मृत्यु भएकै ठाउँमा खाल्डो खनेर गाड्ने योजना बनेपनि सम्भावना नभएपछि उनीहरुले शवलाई जलाउन थालेका थिए । जल्दै गरेको शवको केही अंश पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्हरीले जनाएको छ ।

रवि र बविता पशुपति क्षेत्रमा मजदुरी गर्दै आएका थिए । उनीहरु पशुपति क्षेत्रको राम मन्दिरमा बस्दै आएका थिए । सोही ठाउँमा बविताको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: