‘सांसद हारेर प्रधानमन्त्री र अध्यक्ष हारेर जस्केलाबाट पद मैले मागेको छैन’ : प्रधानमन्त्री ओली « Nagarik Khabar

‘सांसद हारेर प्रधानमन्त्री र अध्यक्ष हारेर जस्केलाबाट पद मैले मागेको छैन’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र प्रक्रिया मिच्नेहरुलेनै विधि प्रक्रियाको रटान लगाइरहेको बताएका छन् । दाङको लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विधि प्रक्रिया नमिचेको दावीसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले सांसद हारेर पनि प्रधानमन्त्री बन्नेले आफूलाई विधि र प्रक्रिया सिकाउन लागेको भन्दै व्यङ्ग्य गरे । उनले आफूसँग अध्यक्षमा पराजित भएर पनि समूह बनाएरै जस्केलाबाट छिरेर अध्यक्ष बन्नेहरुले विधि र प्रक्रियाको रटान लगाइरहेको बताएका छन् ।

ओलीले आफूहले कसैलाई पार्टीबाट ननिकालेको भन्दै गल्ती गरेको स्वीकार गर्दै पश्चाताप गरेर पार्टीमा फर्कन आग्रह पनि गरेका छन् । उनले जनता स्पष्ट भइसकेकाले अब अफवाह फैलाउन नलाग्न पनि प्रचण्ड-माधव समूहलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: