निर्वाचन आयोगको निर्णय क्षमतामै कमजोरी देखियो : वर्षमान पुन « Nagarik Khabar

निर्वाचन आयोगको निर्णय क्षमतामै कमजोरी देखियो : वर्षमान पुन



बुटवल । नेकपाको प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णय क्षमतामै कमजोरी भएको बताएका छन् । आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउदै उनले आयोगले क्षमता देखाउन नसकेको आरोप लगाए ।

‘नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाई मान्यता दिएको आयोगले ७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता दिनुपथ्र्यो, अब अदातल जाने कि आयोगमा जाने पार्टीले सबै डकुमेन्टहरु हेरेर निर्णय गर्ने छ” पुनले भने ।

सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीको आधिकारिक धारणा भने आन्तरिक छलफलपछि मात्रै बताउने जानकारी दिए ।

पूर्वउर्जामन्त्री पुनले आइतबार निर्वाचन आयोगले गरेको निर्णयप्रति कार्यकारीको अगाडि संवैधानिक निकाय लाचार भएको पुष्टि भएको आरोप लगाएका छन् । कार्यकारीको अगाडि संवैधानिक निकाय लाचार भएको उनको आरोप छ ।

पुनले संसद पुनःस्थापनाको विकल्प नभएको प्रष्ट पार्दै त्यो नै वर्तमान राजनैतिक निकासको बाटो भएको दाबी गरे । संसद विघटनसँगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेकपा कानुनी रुपमा फुट्न नमिल्ने भन्दै आयोगले हिजो निर्णय गरेको थियो ।

ओली सरकार काम चलाउनै भएपनि प्रधानमन्त्री पदको मर्यादा कायम गर्दै सबैसँग निहुँ खोज्दै नहिँड्न नेता पुनले सुझाव दिए । वतर्मान उर्जामन्त्री टोप बहादुर रायमाझीलाई विद्युतको सही व्यवस्थापन गरेर काम गर्न सुझाव दिँदै प्राविधिक विषयमा हल्का रुपमा टिप्पणी नगर्न पुनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: