‘नागरिकमाथि दमन ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ’

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको आन्दोलनमाथिको बालुवाटारमा भएकाे दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ भएकाे बताएका छन् ।
साेमबार बेलुका ट्वीट गर्दै उनले भनेका छन्, ‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो ।’ उनले तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्ने अनि आफैं सकिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले चालेकाे असंवैधानिक कदम विरूध्द बालुवाटारमा नागरिकमाथि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेका थियो । साे क्रममा दर्जनाैं नागरिकहरू घाइते भएका छन्। शान्तिपूर्ण भेलामाथि भएकाे प्रहरीबाट भएकाे दमनकाे चाैतर्फी निन्दा र भर्त्सना भएकाे छ ।
नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो । तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन्। pic.twitter.com/o0FlELyZsx
— Gagan Thapa (@thapagk) January 25, 2021