ओलीलाई माधव नेपालको चेतावनी : ‘गुटको अध्यक्ष भने हुन्छ, नेकपाको नाम नलिनुस्’ « Nagarik Khabar

ओलीलाई माधव नेपालको चेतावनी : ‘गुटको अध्यक्ष भने हुन्छ, नेकपाको नाम नलिनुस्’



काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको नाम पनि नलिन चेतावनी दिएका छन् । ताप्लेजुङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले चेतावनी दिएका हुन् ।

नेकपाको केन्द्रीय कमिटीको दुईतिहाई बहुमतले ओलीलाई अध्यक्षबाट हटाएकोले अब ओलीले नेकपाको नाम लिइरहन नपाउने नेपालले बताए । निर्वाचन आयोगले के मान्छ भन्दापनि आफूहरुको निर्णयले आधिकारिकता राख्ने नेपालको दावी छ ।

नेपालले अब ओली एउटा सानो झुण्डको, गुटको नेता भएको भन्दै नेकपाको नाम पनि लिन नपाउने बताए । नेपालले भने, ‘नेकपा र सूर्य पाउने आशा नगरे हुन्छ, बयलगाढा लिएर चुनावमा जानुस् ।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: