संसद विघटनविरुद्ध कांग्रेस : माघ १९, २४ र ३० गते प्रदर्शन गर्ने ! « Nagarik Khabar

संसद विघटनविरुद्ध कांग्रेस : माघ १९, २४ र ३० गते प्रदर्शन गर्ने !



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले माघ १९, २४ र ३० गते संसद विघटनको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आन्दोलनको निर्णय गरेको हो ।

कांग्रेसले माघ १९ गते पार्टीको भातृ संगठन, २४ गते सुभेच्छुक संगठन र ३० गते जिल्ला जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यसअघि सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आन्दोलनको सहमति भएपछि बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: