बामदेवको प्रेस नोट : ‘मैले अध्यक्ष दिनेको समूहमा जान्छु भनेको छैन, एकता अभियानमै छु’ « Nagarik Khabar

बामदेवको प्रेस नोट : ‘मैले अध्यक्ष दिनेको समूहमा जान्छु भनेको छैन, एकता अभियानमै छु’



काठमाडौं । सत्तारुढ नेकपाको विभाजनअघिका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानमा लागेका बामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रकारका समाचार विभिन्न मिडियामा आएको भन्दै खण्डन गरेका छन् ।

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले प्रेस नोटमार्फत मिडियामा आएका जुन समूहले अध्यक्ष दिन्छ, सोही समूहमा गएर पार्टी एक गर्छु भन्ने व्यहोराको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

गौतम पार्टी एकताको पक्षमा रहेको र भोलि अभियानको घोषणा गर्न गइरहेको समयमा बद्नाम गराउनका लागि यस्ता समाचार छापिएको पनि उनले प्रेस नोटमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: